
काठमाण्डौं,२६ असोज । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लगातार बढिरहेको सुनको भाउ अस्ति शुक्रवार तोलामा चार हजार दुई सय रुपैयाँले घटेको थियो । शुक्रबार र हिजो शनिबार तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । त्यसअघि बिहीवार सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार ८५ रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार