२०८२ असोज २६ गते आइतवार

डेङ्गी सङ्क्रमितको सङ्ख्या ५८ सय नाघ्यो

काठमाडौँ, २६ असोज ।  गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ७४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै चार सय १३ नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार पाँच सय दुई जना छन् ।

बागमतीमा एक हजार तीन सय ८० जना, लुम्बिनीमा नौ सय ९१ जना, कोशीमा आठ सय तीन जना, सुदूरपश्चिममा छ सय ८४ जना, मधेशमा एक सय २४ जना र कर्णालीमा तीन सय ९० जना सङ्क्रमित रहेका छन् । जनवरी १ तारिखपछि डेङ्गीका कारण चार जनाको मृत्यु भएकोछ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि सरकारले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन आग्रह गरेको छ ।।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया