२०८२ असोज २६ गते आइतवार

हमासले बन्धक बनाएका विपीन जोशीको अवस्था अझै अज्ञात

काठमाडौँ, २६ असोज ।  प्यालेस्टिनी विद्रोही समूह हमासले दुई वर्ष अघि इजरायलबाट अपहरण गरेर बन्धक बनाएका मध्ये बाँकी सबै बन्धक रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार अपहरणमा परेका मध्ये विपीन जोशीसहित दुई जनाको अवस्था अज्ञात रहेको हो । हमासले इजरायलमा आक्रमण गर्दा अपरहणमा परेका मध्ये ४८ जना बन्धक रिहाइ हुन बाँकी छ ।

उनीहरु मध्ये २० जना जिवित रहेको र अरु २६ जनाको ज्यान गइसकेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिवित बन्धक र मृतकको अवशेष सोमवारसम्ममा हमासले इजरायलको जिम्मा लगाउने बताउनुभएको छ । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया