२०८२ असोज २६ गते आइतवार

टी–२० विश्वकप छनोटमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ, २६ असोज ।  आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

नेपाल र यूएईले सुपर सिक्समा दुई अङ्क जोडेका छन् । नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्न पर्ने छैन । नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ । यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया