२०८२ असोज २६ गते आइतवार

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

काठमाडौँ — लगातारको वर्षाले मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि अवरोध सिर्जना गरेको छ । तुइन खोला पुल नजिकै आइतबार बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको भरतपुरस्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

पानी अझै परिरहेको र आसपास क्षेत्र जोखिमयुक्त भएकाले अनावश्यक यात्रा नगर्न कार्यालयले आग्रह गरेको छ । अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गरी मात्रै सडक प्रयोग गर्न सकिने चेतावनी दिइएको छ । यसअघि मुग्लिन–नागढुंगा खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइसकिएको कार्यालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार
प्रतिक्रिया