२०८३ कार्तिक ७ गते शुक्रवार

मालपोत कार्यालय तुलसीपुरद्धारा जग्गाको मोठ श्रेष्ता कायम गराउन जग्गाधनीलाई आग्रह

तुलसीपुर, २६ असोज । मालपोत कार्यालय तुलसीपुरले जग्गाको मोठ श्रेष्ता कायम गराउनका लागि सम्बन्धित जग्गाधनिलाई कागजात माग गरेको छ । जेनजी आन्दोलनको क्रममा कागजात जलेपछि काम गर्न असहज भैरहेको अवस्थामा कार्यालयले कागजात मागेको हो । कार्यालयले सोमबार (असोज २७ गते) देखि जग्गाको मोठ श्रेष्ता कायम गराउन सकिने जनाएको छ । कार्यालय प्रमुख खिम बहादुर खड्काका अनुसार जग्गाधनिले आफ्नो जग्गाको श्रेष्ता कायम गराउन सक्कल जग्गाधनि पुर्जा र प्रतिलिपि, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र र प्रतिलिपि, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिदको सक्कल र प्रतिलिपि र जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको अनुमतिपत्र कागजात पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।