२०८२ असोज २६ गते आइतवार

राजमार्गमा यातायात सुचारु

चीतवन, २० असोज । अवरुद्ध राजमार्गहरुमा आज बिहान ६ बजेदेखि सवारी साधनको आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मनसुनको जोखिमलाई मध्यनजर गर्दै हिजो राति ९ बजेपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको थियो।

सोहीअनुसार चितवन हुँदै यात्रा गर्ने सम्पूर्ण सवारी साधनहरूलाई राति ९ बजेभित्रै चितवन प्रवेश गर्न र चितवनबाट बाहिरिनुपर्ने सूचना जारी गरिएको थियो । अन्यथा सेफ्टी होल्डिङ स्पेसमा लेन अनुशासन पालना गर्दै बस्न अनुरोध गरिएको थियो।

आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भइसकेको र हालसम्म कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। तर यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया