२०८२ असोज २६ गते आइतवार

देशका कुन कुन स्थानमा हुँदै छ भारी वर्षा ?

काठमाडौँ — बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको सक्रियताले देशभर वर्षा र बदलीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा समेत यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ ।

यसबाहेक कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थान र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना समेत महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश ठाउँमा बदली रहनेछ । यी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशसँगै लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार
प्रतिक्रिया