२०८३ भाद्र २४ गते बुधवार

देशभर वर्षाको कहर : तीन जिल्लामा पहिरोले २२ को गयो ज्यान

काठमाडौं, असोज १९ । देशभर निरन्तर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । शनिबार र आइतबार विभिन्न स्थानमा पहिरो खस्दा उदयपुर, रौतहट र इलाममा गरी २२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सबैभन्दा धेरै इलाममा १८ जनाको ज्यान गएको छ । पहिरोमा परेका सातजना अझै बेपत्ता छन् भने ६ जनालाई जीवितै उद्धार गरिएको छ । यस्तै, रौतहटमा तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा एक जनाको मृत्यु र २१ जना बेपत्ता रहेका प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

उदयपुरमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो जोखिम अझै कायम रहेकाले सुरक्षा निकायले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।