विभिन्न कारागारबाट भागेका १६ जना कैदीबन्दीहरू लमहीबाट पक्राउ

दाङ २८ भदौ। जेन जी युवाहरूको तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट भागेका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमही दाङले पक्राउ गरेको छ।

बाल सुधार गृह नौवस्ता, बाँकेबाट ८ जना, तुलसीपुर कारागारबाट ५ जना, केन्द्रीय कारागारबाट भागेका २ जना र रुकुम पश्चिम कारागारबाट भागेका १ जना गरी कुल १६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया