
देउखुरी, २८ भदौ । दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । लमही नगरपालिका-१ बसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको पानीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए । श्रीमान भरत सार्कि, श्रीमती र छोरी माछा मार्न संगै गएका थिए । सुरुमा श्रीमती दहमा परिन र उनलाइ निकाल्न छोरी पनि त्यहाँ गएको, श्रीमानले छोरी र श्रीमती दुबैलाइ निकाल्न कोसिस गरेपनि उद्दार गर्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो ।
घटनापछि प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा ८ जनाको टोली खटिएको थियो । मृतकहरूको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार