तुलसीपुर, ११ साउन । तुलसीपुर ३ का वडा सदस्य कर्ण बहादुर बुढाले व्यक्तिगत खर्चमा पार्किङ स्थल निर्माण गर्नुभएको छ । राम्रीमा रहेको पर्यटकिय स्थल नरसिंह भैरव मन्दिर अवलोकन गर्न आवतजावत गर्ने मानिसहरुको सहजताको लागी पार्किङ स्थल निर्माण गर्नुभएको हो । राम्री देखी मन्दिर जाने बाटो अन्र्तगत मोहनलाल रास्कोटीको घर बाटो मर्मत र पार्किङ स्थल निर्माण गरेको उहाले बताउनुभयो ।
मन्दिर दर्शनका लागी दैनिक मानिसहरुको आवतजावत गर्न समस्या भएकाले व्यक्तिगत लगानीमा बाटो मर्मत र पार्किङ स्थल निर्माण गरेको वडा सदस्य बुढाले तुलसीपुर खबर संगको कुराकानीमा बताउनुभयो । मन्दिर दर्शनका लागी जाने मानिसहरुको सवारी साधन पार्किङ गर्नलाई ठाउँको समस्या भएको हुँदा आफुले जेसीवी प्रयोग गरी निर्माण गरेको उहाले बताउनुभयो । पछिल्नो समय मन्दिर अवलोकन गर्नेहरुको दैनिक भिड हुने गरेको नर्सिङ भैरव मन्दिर संरक्षण समितिले बताएको छ । पार्किङ स्थल निर्माण भएसंगै सवारी साधन पार्किङ गर्न सहज भएको समितिले बताएको छ ।





