दाङमा भोलि देखि विद्यालयहरु खुल्ने

तुलसीपुर, २८ भदौ । दाङमा भोलि देखि नियमित पठनपाठन गराउन सकिने जिल्ला सुरक्षा समितिले बताएको छ । कर्फ्यू र निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको जिल्ला सुरक्षा समितिले नियमित पठनपाठन गराउन सकिने बताएको हो । आज बसेको सुरक्षा समितिले बैठकले  कर्फ्यूलाई हटाएर साँझ ६ बजेदेखि भोलि बिहान ५ बजेसम्म निषेधाज्ञा गर्ने र विद्यालय संचालनमा कुनै रोक नलगाउने निर्णय गरेको छ ।

यता जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सम्पर्कमा आएकालाई विद्यालयहरूलाई खोल्नका लागि भनिसकेको बताउनुभयो ।  “आत्तिराखेका विद्यालयहरू, जो सम्पर्कमा आएका छन उनिहरुलाई खोल्नुस भनिसकेका छौ । नआउनेलाई त के भन्ने हो र ? अव विस्तारै सबै खुल्दै जान्छन् ।” संयोजक अर्यालले भन्नुभयो । 

यसैबिच यता एनप्याब्सन दाङले पनि भोलिदेखि विद्यालयमा सञ्चालनमा आउने बताएको छ । जिल्ला सुरक्षा मितिसँग गरेको सल्लाह अनुसार भोलिदेखि एनप्याब्सनमा आबद्ध सबै विद्यालयहरू सञ्चालनमा आउने एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिनुभयो । एक प्रेस विज्ञप्ति मार्फत अध्यक्ष न्यौपानेले नियमित पठनपाठन सुरु हुने भएकाले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई विद्यालयमा पठाउन समेत अनुरोध गर्नुभएको छ । 

 

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया