२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा सार्वजनिक सवारी सञ्चालन

दाङ, २८ भदौ। गत मंगलबारदेखि अवरुद्ध दाङको तुलसीपुर क्षेत्रमा शनिबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बिहानै देखि सार्वजनिक बस, ट्याक्सी, अटो र साना गाडी बाक्लो संख्यामा सडकमा देखिएका छन् ।

जिल्लाभित्रका विभिन्न रुट तथा छिमेकी जिल्लातर्फ नियमित सवारी सञ्चालन भएको छ । यात्रुहरू सहजै गन्तव्यतर्फ प्रस्थान गर्न पाएका छन् भने लामो समयपछि बजार र पसलहरू पनि सामान्य रूपमा खुलेका छन् ।

तर, जेनजीको आह्वानमा भएको हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनीका कारण अस्थिर बनेको दाङ जिल्लामा भने प्रशासनले पुनः निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ काे (३) (क) बमोजिम आज बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।