२०८३ भाद्र २४ गते बुधवार

सचिव र सदस्य बाहेक सबै पदमा काँग्रेस माओवादीको संयुक्त प्यानल

तुलसीपुर, ७ भदौ । तुलसीपुर–१२ मा रहेको टरिगाउँ हरीपौरी खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको अध्यक्षमा कांग्रेस–माओवादी गठबन्धनका डिल्ली बहादुर बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले २ सय ६२ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत पुष्कर भण्डारीले जानकारी दिनुभयो । अध्यक्षका प्रतिस्पर्धि एमालेका उम्मेदवार देव बहादुर डाँगीले २ सय ९ र स्वतन्त्रका शरद वलीले १ सय मत ल्याउनु भएको थियो ।

गएराति राती सम्पन्न भएको अन्तीम मत परीणाम अनुसार एमालेले सचिव र एक सदस्य बाहेक सबै पदमा कांग्रेस माओवादीको प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा डिला केसी २ सय ३४ मत ल्याई विजयी हुँदा एमालेबाट कमला खत्रीले २ सय २७ र स्वतन्त्रबाट मोतीकला ओलीले ६८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, सचीवमा नेकपा एमालेका खगेन्द्र अधिकारी २ सय ५८ मत ल्याई विजयी हुनुभएको छ । कांग्रेस माओवादी प्यानलका हरीचरण चौधरीले २ सय १२ र स्वतन्त्रका टंक नेपालीले ६५ मत ल्याउनु भएको थियो । कोषाध्यक्षमा कांग्रेस माओवादी प्यानलका श्याम कुमार आचार्य २ सय ७४ मत ल्याई निर्वाचित हुँदा एमालेका खोपीराम डाँगीले २ सय २१ मत ल्याउनु भएको थियो । त्यसैगरी स्वतन्त्रका चुर्ण बहादुर चौधरीले ५९ प्राप्त भएको थियो ।

यस्तै महिला सदस्यहरुमा कांग्रेस माओवादी प्यानलबाट तुलसी केसी २ सय १९, सावित्री भण्डारी खड्का २ सय ३९ मतका साथ विजयी हुनुभएको छ । खुल्ला सदस्यमा एमालेबाट प्रचण्ड अधिकारी १ सय ९८,कांग्रेस माओवादी प्यानलका गजाधर चौधरी २ सय ५ र पुर्ण बहादुर ओली २ सय २८ मत ल्याई निर्वाचित भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । वडा नम्बर ११ र १२ का गरी कुल ७ सय १४ मतदाता रहेको खानेपानी समितिमा ६ सय १२ मत खसेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।