२०८३ भाद्र २० गते शनिवार

अन्डाको भाउमा उच्च रेकर्ड

काठमाडौ,१९ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज शुक्रबारदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ । यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ ।

यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६ सय ५ रुपैयाँ पुगेको छ । त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट ५ सय ९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट ५ सय ५० रुपैयाँ कायम भएको छ । सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ (प्रति गोटा साढे २२ रुपैयाँ) भुक्तानी गर्नुपर्ने छ । संघ सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानी यो मूल्य देशभरिका लागि तय गरिएको हो ।

प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।