२०८३ कार्तिक ९ गते आइतवार

नेपालमा दैनिक साढे २ लाख लिटर मही बिक्री हुँदै

काठमाडौँ, २३ श्रावन ।  नेपालमा अहिले दैनिक साढे २ लाख लिटर मही बिक्री हुने गरेको राष्ट्रिय डेरी एशोसीएसनले जनाएको छ । बजारमा महीको मूल्य प्रति लिटर ७० देखि ८० रुपैयाँसम्म छ । यस हिसाबले औसतमा दैनिक झण्डै १९ करोडको महीको व्यापार हुने गरेको हो । तर, अझै पनि नेपालमा महीको खपत भने उत्पादनअनुसार हुन सकेको छैन । हाल नेपालमा दैनिक १० देखि १५ लाख लिटरसम्म मही उत्पादन गर्न सकिने भए पनि त्यसको २० प्रतिशत मात्र खपत भइरहेको एसोसियसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो ।

महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकाले कब्जियत हुनबाट जोगाउनुका साथै मुटुको रोग, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने पोषणविद् बताउँछन् । महीको नियमित सेवनले स्मरण शक्ति पनि तेजिलो हुने पोषणविद् डा. विनिता पन्तले जानकारी दिनुभयो । अहिले महीलाई ७ दिनसम्म प्याकिङ गरेर राख्ने प्रविधि रहेकोमा बढी समयसम्म राख्न सकिने प्रविधिको खोजी गरिरहेको डेरी एशोसिएसनले जनाएको छ । ब्रान्डिङ र बजारमा ध्यान दिन सके अबको दुई वर्ष भित्रमा नै केमिकलयुक्त पेय पदार्थलाई विस्थापित गर्दै पोषणयुक्त महीको खपत पुर्ण क्षमतामा बढाउन सकिने उत्पादकहरू बताउँछन् ।।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।