२०८३ कार्तिक ९ गते आइतवार

दंगीशरणका किसानलाई धानको विउ वितरण

दाङ, ४ जेठ ।  दाङको दंगीशरणमा ५० प्रतिशत अनुदानमा किसानलाई धानको विउ वितरण गरीएको छ । पालिकाको कृषि शाखाको आयोजनामा उन्नत जातको धानको विउ वितरण गरिएको हो । धानको विउ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले परम्परागत खेती प्रणालि हराउदै गएको अवस्थामा आधुनिक खेती प्रणालिको विकास भएको बताउनुभएको छ । आफुहरु किसानहरु लाभान्वित हुने खालका कार्यक्रमहरुलाई प्राथामिकता दिएर अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

सोही अनुरुप अबको केही दिनमा कृषि औजार समेत वितरण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । संघिय ससर्त कार्यक्रम अनुसार बहुगुणी–१, सुक्खा–२, चैते–५, हर्दिनाथ–६, रामधान लगायतका उन्नत जातको धानको विउ वितरण गरीएको पालिकाले जनाएको छ । गाउँपालिकाले सुचना जारी गरको र विभिन्न समुहरुबाट माग भइ आएअनुसार ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गरीएको भन्दै २० वटा कृषक समुहका ५ सय जना किसानलाइ पुग्ने अपेक्षा गरीएको कृषि साखा प्रमुख शरु भुषालले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।