२०८३ कार्तिक ९ गते आइतवार

दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन तालिम सुरु

तुलसीपुर, २६ बैशाख ।  दाङको दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन एडभान्स तालिम सुरु भएको छ । २५ दिनसम्म सञ्चालन हुने तालिमको हिजो मंगलबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष विष्णु गौतमको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाको प्रमुख आतिथ्यता एवम् दंगीशरण गाउँपालिका–२ का वडाअध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । ढकिया हस्तकला उत्पादन एडभान्स तालिममा दंगीशरण गाउँपालिका–१ र २ का थारु समुदायका २४ जना महिलाहरुको सहभागीता रहेको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिनुभएको छ ।

थारु समुदायको परम्परागत सीप, ज्ञान, कला र संस्कृतिको संरक्षण गर्दै ढकिया सम्बन्धि हस्तकला उत्पादनका विविधिकरण, मूल्य अभिवृद्धिका साथ बजारको माग अनुसार नयाँ डिजाइन बुट्टा राखेर थारु महिलाहरुको थप क्षमता विकास र जीविकोपार्जनका लागि ढकिया हस्तकला उत्पादन एडभान्स तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । विशेषगरी दंगीशरण गाउँपालिका–२ मा गनारी महिला ढकिया उधमी समुहले ढकिया उत्पादन गर्दै आईरहेको छ । बजारमा प्रतिस्पर्धा योग्य बनाउन सामुदायिक वनमा पाईने कच्चापदार्थहरु काँस, बाबियो र खरको प्रयोग गरेर ढकिया, कलमदानी, पुँजाडाली, हटकेस, टोपी, पानको पात ट्रे लगायतका विभिन्न प्रकारका ढकियाको तालिममा सिकाईने प्रशिक्षक सुसिला कुमारी थारुले बताउनुभयो । वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १५ दिन र समुन्नति परियोजना अन्तर्गत विकास सरोकार समाजले १० दिन गरि जम्मा २५ दिनसम्म साझेदारीमा तालिम सञ्चालन हुने भएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।