२०८३ कार्तिक १० गते सोमवार

दंगीशरणका कृषकलाई कृषी औजार वितरण

दाङ, २१ जेष्ठ ।  दाङको दंगीशरण गाउँपालिकाले कुषकलाई कृषि औजार सम्बन्धि सामाग्री हस्तान्तरण गरेको छ । दंगीशरण गाउँपालिका वडा नम्बर १ मा रहेको काउली कृषि समुह, त्रिमुर्ती कृषि समुह, सिद्धबाबा कृषि समुह र श्रीजना कृषि समुहका सदस्यहरुलाई कृषि औजार सामाग्री हस्तान्तरण गरिएको दंगीशरण गाउँपालिका कृषि शाखा प्रमुख सरु भुषालले जानकारी दिनुभएको छ । कृषि समुहहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषी औजारहरु हस्तान्तरण गरीएको उहाको भनाई छ ।

सो कृषि समुहका किसानहरुलाई कम्बाईल मिल ७ वटा, ३ वटा पम्पसेट, १ एचपी १३ वटा, २ एचपी २ वटा, त्रिपाल १०० थान, ज्याप पलास्टर २ वटा, कर्णसेलर १ वटा हस्तान्तरण गरीएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकाको कुन वडामा कुन कृषि सम्भावना रहेको छ त्यसको मुल्यांकन गरी कृषी पकेट कार्यक्रम अगाडी बढाइरहेको बताउनुभएको छ । वडा नम्बर १ को रामपुरमा मकै पकेट कार्यक्रमको लागी उपयुुक्त स्थान रहेको बताउनुभएको छ । त्यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारीले आफ्नो वडा कृषिको उर्भर वडा रहेकाले पनि वडाबाट छुटाइने बजेट कृर्षिको प्राथमिकतामा राखिएको बताउनुभएको छ । कृषि औजार हस्तान्तरण कार्यक्रम काउली समुहका छिपेन्द्र चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।