२०८३ असोज ६ गते मङ्गलवार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

तुलसीपुर २८ वैशाख । प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । १३ वटा ईभेन्टमा प्रतिष्पर्धा हुने यस प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सरु भएको प्रतियोगितको  बलाधिकृत रथी सरोज प्रताप राणाले समुद्‍घाटन गर्नु भएको हो ।

नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका संचालित प्रतियोगिता  जेठ ५ गतेसम्म जङ्गी अड्‍डास्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्‍चालन हुने छ । यस प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्ष माथि एकल र युगल, ४५ वर्ष माथि एकल र युगल, ५५ वर्ष माथि एकल र युगल, ६५ र ७० वर्ष माथि एकल तर्फ पुरुष एकल र युगल विधाहरु समावेश गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।