फोटो फाईल
सल्यान, ८ मंसिर । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । आज दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनको ओडारमा लुकाएर राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका बन्दुकमध्ये ७ नाल साबुत र १ नाल बेसाबुत रहेका छन् । बरामद गरिएका बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाड सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।