फोटो फाईल
काठमाडौ, ८ मंसीर । आज पनि सुनचाँदीको भाउ बढेको छ । यस अघि निरन्तर घटिरहेको सुनचाँदीको भाउ हिजो सोमबारदेखि फेरि बढ्न थालेको हो । आज सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ हिजो ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।