दाङ, ८ मंसिर । दाङ प्रहरीले एक साताको अवधिमा विभिन्न मुद्दाका १९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले मंसिर १ गतेदेखि ७ गतेसम्मको अवधिमा १९ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ परेका प्रतिवादीबाट ३० हजार ३९५ रुपैयाँ जरिवाना र ५ वर्ष १ महिना ४ दिन कैद सजाय समेत तोकिएकोछ । पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।