२०८३ मङ्सिर ८ गते मङ्गलवार

दाङमा बिलविजकबिनाका १ लाख ९६ हजार रुपैयाँका सामान बरामद

फोटो फाईल

दाङ, ८ मंसिर । दाङमा बिलविजकबिना ओसारपसार गरिएका करिब १ लाख ९६ हजार १ सय ५० रुपैयाँ रुपैयाँ मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । हिजो साँझ करिब ५ बजे गढवा गाउँपालिका–१ जुरुनीस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बिलविजक नभएका सामान फेला पारी बरामद गरेको हो ।

बरामद सामानमा विभिन्न कम्पनीका मोबाइल डिस्प्ले २२ थान ७७ हजार रुपैयाँ, हेल्थ फसेट लेखिएको वाटर गन १८ थान २३ हजार ४०० रुपैयाँ, पीभीसी ट्यांक कनेक्टर ३० पिस ९ हजार रुपैयाँ, पीभीसी पाइप सकेट ३५ पिस १४ हजार रुपैयाँ, फिमेल टी ५५ पिस १३ हजार ७ सय ५० रुपैयाँ, मेल पीभीसी थ्रेड एडाप्टर ५० पिस १५ हजार रुपैयाँ, अल्बो १०० पिस १० हजार रुपैयाँ र बदाम २० किलो ६ हजार रुपैयाँ रहेका छन् ।प्रहरीले बरामद गरेका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।