दाङ,८ मंसिर । दाङमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरिया निवासी ३३ वर्षीय पुरन कामी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नै घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखेको अवस्थामा ३ ग्राम ६ सय मिलिग्राम लागूऔषध फेला परी बरामद गरेको हो । बरामद लागूऔषधसहित कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।