२०८३ असार २६ गते शुक्रवार

होलेरीमा टिमुरको अचार बनाउने तालीम सम्पन्न

 तुलसीपुर । रोल्पाको रुण्टीगढी  गाउँपालिका – ६ होलेरीमा टिमुरको अचार बनाउने तालिम सम्पन्न भएको छ ।  स्थानीय उत्पादनलाई थप प्रोत्साहित गर्दै उद्यमशीलताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।  ग्रिन फाउन्डेसन नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा पुस २४ गतेबाट सुरु भएको तालिम बुधबार हिजो  सम्पन्न भएको हो ।

याे पनि पढ्नुहाेस 

तालिममा विभिन्न सामुदायिक वनका १८ महिला उपभोक्ताको सहभागिता रहेको कार्यक्रम संयोजक दीपक परियारले जानकारी दिनुभयो । तालिम पश्चात यस क्षेत्रमा रहेका महिलाहरूले आफ्नो पाखा बारीमा उत्पादन भएको टिमुरलाई अचारको रुपमा ब्रान्डिङ गरेर व्यवसायिकरण गरेमा आत्मनिर्भर बन्न सक्ने अपेक्षा  आयोजकले लिएको छ ।। 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया