२०८३ असार २६ गते शुक्रवार

एमालेको समीक्षा : ‘द्धन्द्ध र कलहले पार्टी कम्जोर हुन्छ’

तुलसीपुर, २७ पुस । नेकपा एमाले क्षे नं. ३ निर्वाचन समन्वय कमिटीको आयोजनामा चुनावी समीक्षा कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेताहरूले आगामी दिनमा विगतबाट पाठ सिकेर एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए । पार्टीभित्र द्धन्द्ध र कलह हुँदा पार्टीले उठाएका एजेण्डाहरू सँधै ओझेलमा पर्ने र पार्टी पनि कम्जोर हुने भएकाले एकीकृत हुनुको विकल्प नभएको नेताहरूले बताएका छन् । यो या त्यो नाममा कुण्ठा राखेर अघि बढ्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले  दाङमा पराजय भोगेको  भन्दै पार्टी निर्माणमा जुट्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

याे पनि पढ्नुहाेस 

कार्यक्रममा एमालेका पाेलिट ब्यूराे सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य द्धाेय  घनश्याम पाण्डे, कोमल वली, एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल, जिल्ला सदस्य रामप्रसाद चालिसे, बबई गाउँपालिकाबाट टंकराज विश्वकर्मा, दंगीशरण गाउँपालिकाबाट रेशम वली, शान्तिनगर गाउँपालिकाबाट विष्णु केसी, तुलसीपुर उपमहानगरपालिका –२ का वडाध्यक्ष भीम योगी लगायतले आआफ्ना भनाई राखेका थिए ।  नेकपा एमाले क्षे नं. ३ समन्वय कमिटीका अध्यक्ष मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव टेक बहादुर वलीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया