तुलसीपुर, १६ भदौ । पानी परेपछि पश्चिम दाङका किसानहरु खुशी भएका छन् । आकाशे पानीको भरमा खेती गर्ने किुानहरु कुलाको पानीले जेनतेन असार साउनमा पानी नपरेपनि भदौरे पानी परेपछि उनीहरुको मनमा खुशी पलाएको हो । तुलसीपुर उपमहानगरपालिका १० पड्ढाका कृषक मंगल चौधरी साउनको अन्तिम सातातिर कुलोमा आएको पानीले धान त जसोतसो रोपे तर धान रोपिसकेर एक दिन खेतमा चारेको कुलाको पानी सुक्यो त्यसपछि धान सुक्ने अवस्थामा पुग्यो । खेतमा धाँजा फाट्यो । उनी खेतको अवस्था देखेर निकै चिन्तित थिए । यस्तै सोही ठाउँका कृषक कालुराम चौधरीले पनि धान रोप्नलाई आकाशे पानीलाई धेरै पर्खे । पानी नपरेपछि व्याड छिप्पिन लागिसक्यो, उनलाई धान कहिले रोप्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो । उनले भने, अव त यसरी आकाशको पानी पर्खेर साध्य छैन, मोटर लगाएर भए पनि धान रोप्नु पर्छ, अहिले रोप्ने बेलामा पानी नपरेपनि पछि साउने भदौरे झरी त लाग्ला नि भन्ने आशले कुलाको पानीले धान रोपे । एक त समयमा रासायनिक मल पाइएन, धानको विउ उस्तै महंगो अनि बजारमा पाइने महंगो मूल्यको मल ल्याउनु प¥यो । यसको पीडा त थियो नै आकाशे पानीको भरमा खेती गर्ने म मात्रै होइन म जस्ता धेरै किसानहरुलाई चिन्ता थियो । अव त पानी पर्न सुरु गरेको छ, विगतका बर्ष जस्तै उत्पादन त हुँदैन होला तर पनि बर्ष दिनभरी खान पुग्ने धान फलेपनि खुशी नै हुनेथियौँैँ, उनले भने । अव त धान सप्रिन्छ कि भन्ने आशा पनि पलाएको उनले बताए । आकाशे पानीको भरमा खेती गर्ने यी त उदाहरणीय किसान मात्रै हुन् । पश्चिम दाङका बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकाका किसानहरुले पानीको अभावमा राम्रोसँग धान रोप्न पाएनन् । उस्तै तुलसीपुर, घोराही, लमही, बंगलाचुली, राप्ती, राजपुर, गढवाका आकाशे पानीको भरमा खेती गर्ने किसानहरु समस्यामा परे ।उनीहरुले जसोतसो गरेर धान रोपे । यस वर्ष जल र मलको अभावमा रोपिएको धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्र दाङले गरेको छ । कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ पृथ्वीराज लामिछानेले यस वर्ष जिल्लामा १५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण गरिएको जानकारी दिए । यस वर्ष जिल्लामा ८७ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ भने १३ प्रतिशत जग्गामा पानीको अभावमा किसानहरुले धान रोप्न नपाएको लामिछानेले बताए ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।