२०८३ असोज ६ गते मङ्गलवार

कंगोमा शान्ति मिशनका बिरुद्ध प्रर्दशन, लुटपाट र आगजनी

तुलसीपुर, ११ साउन । संयुक्त राष्ट्र संघको स्थायित्व मिशन मिशनको फोर्स हेडक्वार्टर रहेको कंगो स्थित गोमा शहरमा शान्ति मिशनका बिरद्ध प्रर्दशनहरु भएका छन् । स्थानीय जनताले हिजो देखि मनुस्को मिशनका बिरुद्ध प्रर्दशन गर्नुका साथै भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाट गरिरहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले आज एक प्रेस बिज्ञप्ती जारी गरेर मिशनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराउँदै मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।