तुलसीपुर, ४ साउन । तुलसीपुर उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएकाहरुलाई नबिकरण गर्न आग्रह गरेको छ । तुलसीपुर क्षेत्रमा बसोबास गरेर सामाजिक भत्ता लिदै आएका जेष्ठ नागरिक, अन्य जेष्ठ नागरिक दलित , एकल महिला , विद्युवा महिला, अपाङ्गगता भएका व्यक्ती, आदीवासी जनजाति, ५ बर्षमूनिका दलित बालिका सबैलाई नबिकरणका लागि अनुरोध गरिएको हो ।
लाभग्राहीले आफु बसेको सम्बन्धित वडामा गएर नबिकरण गर्न सक्ने तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताउनुभयो । अधिकृत पौडेलका अनुसार लाभग्राहीले साउन १ गतेदेखि भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएको कार्ड नबिकरण गर्न पाउने र छुटेमा लगत कट्टा गरिने छ ।
सरकारले जेष्ठ नागरिकलाई मासीक ४ हजार, विद्युवा र सम्बन्ध विच्छेद गरेकालाई २ हजार, पाँच बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता वापत एक हजार र अपाङ्गगता भएको हकमा श्रेणी अनुसार भक्ता उपलब्ध गराउँदै आएको छ । नविककरणका लागि नागरिकताको प्रतिलिपी, भत्ता बुझ्ने गरेको कार्ड, सम्बन्ध विच्छेद गरेको हकमा अर्कोसंग विवाह नगरेको प्रमाणको सिफारिस,विद्युवाको हकमा मृत्यु दर्त प्रमाणपत्र आवश्यक पर्ने तुलसीपुर उपमहानगरपालिका सुशासन समितिका संयोजक धर्मराज वलीले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बुझ्ने मापदण्ड पुगेकाहरुले पनि यहि आर्थिक बर्षमा बिबरण बुझाउनु पर्ने संयोजक वलीले बताउनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।