२०८३ असोज ६ गते मङ्गलवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजबाट टिकट र बेड निःशुल्क

तुलसीपुर, १ साउन ।  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजबाट आकस्मिक र बहिरंग सेवाको टिकट तथा बेडको शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) मा शुल्क नलिने घोषणा गरेको थियो । सोही घोषणा आज गतेदेखि कार्यान्वयन हुन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भन्नुभयो ।

यस्तै प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा गएपछि निःशुल्क रगत पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले बताउनुभयो । यसअघि रक्तसञ्चार केन्द्रले एक युनिट रगतको आठ सय रुपैयाँ लिँदै आएको थियो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बतानुभयो ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।