२०८३ असार २६ गते शुक्रवार

प्रधान सेनापति र लेवनानका राष्ट्रपतिबीच भेटघाट

तुलसीपुर ८ असार ।  यूनिफील मिसन लेवनानको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्माले लेवनानका राष्ट्रपति माइकल ‌औनसँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।

उक्त भेटघाटको क्रममा, लेवनानका राष्ट्रपति औनद्वारा नेपाली शान्ति सैनिकहरुको योगदान, विशेष गरी, लेवनानमा शान्ति स्थापनाका लागि सैनिकहरुले गरेको बलिदानको प्रशंसा गर्नुका साथै वहाँले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पुर्यााएको योगदानको समेत उच्च प्रशंसा गर्नु भएको थियो ।

सोही क्रममा, प्रधान सेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेवनानका महामहिम राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाउनु भएको सद्भोवना सन्देश जानकारी गराउनुभई लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको

समर्थन तथा सहयोगका लागि लेवनानका राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्नु भएको व्यहोरा जानकारी गराउनु भएको थियो । ५ दिने औपचारिक भ्रमण सम्पन्न गरी सेनापति शर्मा, भ्रमणदल सहित, आज नै सीरीया तर्फ प्रस्थान गर्नु भएको छ ।
भ्रमणका लागि शर्मा असार ४ गते जानु भएको थियो ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार
प्रतिक्रिया