तुलसीपुर २० जेठ । नेपाली सेनाले प्रयोग विहीन अवस्थामा रहेको हेलिकप्टर विद्यार्थीहरुलाई हस्तान्तरण गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयले संचालन गरेको रेल्वे तथा एरोनटिकस इन्जिनियरीङको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई प्रयोगगात्मक अभ्यासका लागि हेलीकोप्टर र ४७ थान पार्टपुर्जा हस्तान्तरण गरिएको हो ।
मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्रीहरु प्राप्त गरेपश्चात अध्ययनरत विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । साथै, भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरामत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्रीहरु हस्तान्तरण गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।
उक्त कार्यक्रममा, श्री मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा। श्री सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सह सचिव श्री यज्ञ प्रसाद ढुङ्गेल लगायत अन्य पदाधिकारीहरु, मेडिकल शिक्षा समन्वय अधिकृत र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।






