२०८३ असार ३० गते मङ्गलवार

बसले ठक्कर दिदा श्रीमानश्रीमतीको मृत्यु

फाइल फोटो

दाङ,१७ चैत । चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकलमा सवार एक दम्पती मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका २ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र मोटरसाइकलमा सवार उहाकी श्रीमती ४० वर्षीया निनतारा श्रेष्ठ रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जांँदै गरेको ना ५ ख १९० नम्बरकोे बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प १८९५ नम्बरको मोटरसाइकललाई रत्ननगरको भानुचोकमा ठक्कर दिंँदा दुर्घटना भएको थियो।ठक्करबाट गम्भिर घाईते भएका दुवैजनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निरञ्जनको ६ बजे र निनताराको सांँझ ७ बजेर मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया