२०८३ साउन १२ गते मङ्गलवार

कुलो भत्किएर पहिरो खस्दा बावुछोरीको मृत्यु, आमा छोरी घाईते

फोटो फाईल

काठमाण्डौ, १२ साउन । लमजुङमा धन्सारमाथि पहिरो खस्दा एकैघरका बावुछोरीको मृत्यु भएको छ भने आमा छोरी घाईते भएका छन् ।
जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । धन्सार भत्किँदा घाइते भएका आमा सुककुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया