२०८३ साउन ११ गते सोमवार

एमाले अध्यक्ष ओलीको आँकलन :गठबन्धन १÷१ किलोको ढक, एमाले क्विन्टलको ढक

फाइल फोटो

भक्तपुर, १६ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लड्ने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताउनुभएको छ । अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न नसक्ने बुझेपछि सत्तारुढ दलहरू चुनावी गठबन्धन गर्न बाध्य भएको दाबी पनि गर्नुभयो ।भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले गठबन्धनले चुनावमा अप्ठेरो पार्छ कि भनेर नत्रसिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।अध्यक्ष ओलीले भन्नुभयो, (साथीहरूले बुझ्नु भएको छ । बुझेर नै एमाले प्रवेश गरिरहनुभएको छ ।

यसले देखाउँछ–नेकपा एमाले कुन ठाउँमा छ, भन्ने । कतिपय साथीहरूलाई लाग्न सक्छ– गठबन्धन गरेका छन्, अप्ठ्यारो पर्छ कि भन्ने । मैले भन्ने गरेको छु– यदि एउटा तराजुमा एक÷एक किलोको पाँच वटा ढक एकातिर अनि क्विन्टलको ढक एकातिर राख्नु भयो भने के हुन्छ ,नेकपा एमाले क्विन्टलको ढक जस्तो हो । पाँच वटा गठबन्धन भनेको एक÷एक किलोको ढक जस्तो हो । त्यो पाँच वटा गठबन्धनले के गर्छ , एक्लै एमालेसँग लड्न आउन नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ । त्यस कारण गठबन्धन गर्न जरुरी छ ।’अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोभ भएको समूहहरूको संज्ञा दिँदै सत्ता टिकाएर लैजान गाह्रो हुने बताउनुभयो । त्यही भएर उनीहरूले स्थानीय तह चुनावमा उम्मेदवारी मनोनयनमा दुई दिन दिन निर्वाचन आयोगलाई बाध्य गराएको उहाँले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया