तुलसिपुर ५ चैत । प्युठानमा यात्रुवहाक बस दुर्घटना हुदा एक बालकको मृत्यु भएको छ । माण्डवी गाउँपालीका २ मा आज बिहान साढे ११ बजे भएको बस दुर्घटनामा परी दाङको घोराही ३ का १ वर्षिय अंशु परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दीएको छ । प्युठानको रातामाटाबाट दाङ आउदै गरेको ना ३ ख ७१३२ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । बसमा ३० जना सवार रहेको र ति मध्ये १४ जना सामान्य घाईते भएको प्रहरीको भनाई छ । घाईते सबैको दाङमा उपचार भईरहेकोे र घाईतेको एकिन विबरण अझै आउन नसकेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार





