२०८३ असार २६ गते शुक्रवार

आफुले आफुलाई चिन्नुपर्छ : डा. योगी

तुलसीपुर, १९ फागनु । डाक्टर चिन्तामणी योगीले मान्छेले आफुले आफुलाई चिन्नुपर्ने बताउनु भएको छ । तुलसीपुर मेट्रो कलेज र तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजनामा हामी सुन्छौ, हामी गर्छौै विषयक कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहनु भएका डा. योगीले हामीले ऐना मात्रै हेरेको र खास रुपमा आफु को हुँ भन्ने कुराको कहिल्यै ख्याल नगर्दा अपेक्षा अनुसार प्रगति गर्न नसकेको बताउनुभयो ।

आधुनिक युगका नाममा आएको लिभिङ टुगेदर सामाजिक विकृति भएको उहाँले बताउनुभयो । सामुहीक छलफल र बा–अमालाई माया गर्ने परिपाटीको विकास हरेक छोराछोरीले गर्नुपर्ने बतउनुभयो ।

सो अवसरमा तुलसीपर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सपना देख्ने मासिले नै सफलातको शिर चुम्न सक्ने बताउनुभयो । कलेजकी छात्रा श्रृया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उच्च अदालतका रजिष्टार मान बहादुर बुढा, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिनील केसी, मेट्रो कलेजका प्रिन्सीपल वसन्त आचार्य, मट्का चिया घरका संचालक सन्दिप भुसाल, कलेजका छात्रा तिर्सना रोका, देबीसरा वली, विपना गीरी, छात्र किरण केसी लगाएते बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया