२०८३ असोज ६ गते मङ्गलवार

दंगाली कम्युनिष्ट आन्दोलनका नेता बस्नेतको निधन, बबई नदिमा अन्त्येष्टि गरिदै

फोटो फाईल

तुलसीपुर, ११ साउन । दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा तुलसीपुर ११ हस्नापुर निवासी शोभाराम बस्नेतको ८० बर्षको उमेरमा आज विहान सवा दुई बजेतिर निधन भएको छ । नेकपा एमालेका पुर्व केन्द्रिय सल्लाहकार समेत रहनु भएका नेता बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा निधन भएको तुलसीपुर ११ का वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो । विगत लामो समय देखी मृगौला पिडित बस्नेतले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस गराउदै आउनु भएको थियो । उपचाररत बस्नेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी केहि दिन अघि मात्रै कोहलपुर लगीएको थियो ।

तर चिकित्सकको सल्लाह अनुसार हिजो आईतवार कोहलपुरबाट घर ल्याईएको उहाले जानकारी दिनुभयो । बस्नेतलाई घर ल्याईसकेपछि मृगौलामा थप समस्या आउदा राती नै प्रादेशिक अस्पताल लगीएको थियो । उहाको उपचारकै क्रममाा निधन भएको हो । उहाको निधन पछि नेकपा एमाले जिल्ला कमिटिले तुलसीपुर स्थित पाटी कार्यालयमा अन्तिम श्रद्धान्जली व्यक्त गरेको छ ।

एमालेका पुर्व जिल्ला कमिटि सचिव समेत रहनु भएका बस्नेतको पार्थीव शरीरलाई पाटी कार्यालयमा राखेर श्रद्धान्जली दिईएको नेकपा एमाले तुलसीपुर नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिनुभयो । बस्नेतलाई श्रद्धान्जली दिनका लागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएत नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । साथै उहाको आजै शितलपुरको बबई नदीघाटमा अन्तिम दाहसंस्कार गरिदैछ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।