२०८३ असोज ६ गते मङ्गलवार

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

तुलसीपुर, १० फागुन । प्रधान सेनापति प्रभुराम शर्माले मकवानपुर जिल्ला, सुपारेटारस्थित श्री नं. २८ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले उक्त बाहिनी अड्‍डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

 निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले बागमती प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल समेत गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।