तुलसीपुर २६ माघ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका राजदूत सैयद हैदर शाह बीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार






