२०८३ कार्तिक १३ गते शुक्रवार

दाङमा थप ४९ जनामा कोरोना पुष्टि, ४२ जना कोरोना मुुक्त

फाईल फोटो

तुलसीपुर,१७ माघ । दाङमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट ११ जना र विभिन्न पालिकामा ८० जनाको एन्टीजेन परिक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ ।

जसमा घोराहीका १३ जना, तुलसीपुरका ११ जना, दंगीशरणका ४ जना, गढवाका ३ जना, लमहीका २ जना, राप्तीका ७ जना, शान्तिनगरका २ जना, जिल्ला बाहिरका ३ जना र राजपुरका १ जना रहेका छन् । यसैविच आज ४२ जना कोरोना मुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका २८ , दंगीशरणका ८ जना, तुलसीपुर र लमहीका २÷२ जना, राजपुर र बंगलाचुलीका १÷१ जना, रहेको केन्द्रले जनाएको छ । अहिले जिल्लामा सकृय बिरामीको संख्या ३ सय ६७ पुगकोे छ । उनिहरु मध्य ३ सय ५९ जना घरमै, ५ जना आईसीयुुमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।