२०८३ कार्तिक १३ गते शुक्रवार

एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक फाईल फोटो

काठमाण्डौ,१५ माघ । पर्सामा एकै दिन दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगर का ७३ बर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताउनुभएको छ । हिजो शुक्रवार एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो । त्यसैगरी नारायणी अस्पतालमै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि हिजो शुक्रवार एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको र आज बिहान साढे ७ बजे उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।