२०८३ कार्तिक १३ गते शुक्रवार

दाङमा ३८ जनामा कोरोना पुष्टि,६४ जना संक्रमण मुक्त

सांकेतिक फाईल फोटो

तुलसीपुर,१४ माघ । दाङमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर र एन्टिजेन विधिबाट ७९ जनामा परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ । एन्टिजेन विधिबाट ६० जनामा परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको छ भने १९ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ ।

जसमा एन्टिजेन विधिबाट कोरोना पुष्टि हुनेमा तुलसीपुरका १५ जना,घोराहीका ४ जना,राप्तीका ७ जना,गढवाका ४ जना,दंगीशरणका एक जना र जिल्ला बाहिराका दुई जना रहेका छन । त्यसैगरी पीसीआर विधिबाट तुलसीपुरका दुई जना र घोराहीका तीन जनामा कोरोना पुष्टि भएको छ । केन्द्रले दिएको जानकारी अनुसार सोहि अवधिमा थप ६४ जना कोरोना मुक्त भएका छन भने सक्रिय सक्रमितको संख्या चार सय ४४ पुगेको छ । जिल्लामा बैशाख यता कोरोना संक्रमितको संख्या १० हजार ४ सय २३ पुगेको छ भने ९ हजार ७ सय ६० कोरोना मुक्त भएका छन । त्यसैगरी हाल पाँच जना आईसीयुमा, तीन जना सामान्य र बाँकी चार सय ३६ जना होम आईसोलेसनमा रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।