२०८३ असोज ५ गते सोमवार

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

काठमान्डौ, १५ कार्तिक । छाउनीस्थित रेञ्जर गणमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास  को शुभारम्भ भएको छ ।  नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितीमा  शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदुतावासको प्यासिफिक अगमेन्टेशन टीम तथा रक्षा सहयोग कार्यालयप्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित सो तालिम २०७८ मंसिर १४ गतेसम्म संचालन हुनेछ । काठमाण्डौं, पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिबृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।