काठमान्डौ, १४ कार्तिक / नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
रथी दर्जामा पदोन्नति हुनुभएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।