२०८३ असोज ५ गते सोमवार

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

तुलसीपुर, ४ कार्तिक । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बाबुराम श्रेष्ठ श्री मध्य कमाण्ड हे.क्वा.को कमाण्ड सेनापतिमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको  थियो ।  
प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।