२०८३ असोज ५ गते सोमवार

नेपाली सेनाले कहाँ-कहाँ गर्याे उद्दार (फोटो फिचर )

तुलसीपुर ३ कार्तिक ।  विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी/पहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज तथा उद्दार कार्य संचालन गरिएको छ ।

महाकाली नदीमा आएको बाढीका कारण कञ्‍चनपुर जिल्ला, भिमदत्त नगरापालिका वडा नं.९ स्थित ब्रमदेव इलाका डुवानमा परी ५ जना स्थानीयवासीहरु डुवानमा फसेको हुँदा निजहरुको सकुशल हवाई उद्दार गरी सुरक्षित स्थानमा लगिएको छ। सोही जिल्ला स्थित दोधारा चादनी नगरपालिका वडा नं. ८, ९ र १० तथा भिमदत्त नगरपालिका वडा नं. ११ र १२ डुवानमा परेकाले सो ईलाकामा बसोबास गर्ने स्थानीयवासी तथा खाद्यान्नलगायतका सामग्रीहरुलाई उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।त्यसैगरि कर्णाली नदीमा आएको बाढीका कारण कालिकोट जिल्ला स्थित लालिघाट र जितेगडा बजार ईलाकामा रहेका केही पसलहरुमा क्षति पुगेकोले पसलमा रहेका सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरिएको छ । सोही जिल्ला स्थित महाबै गाँउपालिका वडा नं.७ राम्नी ईलाकामा पहिरोका कारण १ घर पुरिएको तथा करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीय जोखिममा रहेको हुँदा उद्दार कार्यमा परिचालन भएको छ ।

 

बैतडी जिल्ला, दशरथचन्द नगरपालिका वडा नं. ४ मा पहिरो गई स्थानिय व्यक्तिको घरमा क्षति पुगेकोले उक्त पहिरो पञ्छाई घर नजिकै रहेको रिठ्ठाको रुख ढल्ने जोखिममा रहेकोले उक्त रुख काट्न सहयोग गरिएको छ भने बझाङ्ग जिल्ला, जयपृथ्वी नगरपालिका वडा नं. ३ स्थित पणेश ईलाकामा पहिरो गई स्थानियको घरहरुलगायत माछा पोखरी तथा कुखुरा फर्म जोखिममा रहेकोले उक्त घरहरुमा रहेका सामानहरु तथा पशुपंक्षिहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरिएको छ ।

डडेलधुरा जिल्ला, अमरगढी नगरपालिका वडा नं. १ स्थित भातकाडा इलाकामा पहिरोका कारणले स्थानिय ब्यक्तिहरुको घर पुरिएको हुँदा उद्दार कार्यमा खटिएको टोलीहरुले घाईतेहरुलाई अस्पताल लगेका छन् ।

त्यसैगरी कैलाली जिल्ला, टिकापुर नगरपालिकामा कर्णाली नदीले तिब्र रुपमा कटान शुरु गरेकोले सो नगरपालिकाका वडा नं. ५, ६, ७ र ८ का साथै भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश स्थानहरु डुवानको उच्च जोखिममा रहेको हुँदा कटानलाई तत्काल रोक्न तटबन्ध मर्मत तथा उद्दार कार्य गरेको । बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं.१, २ र ३ का डुवानबाट प्रभावित इलाकाहरुमा उद्दार कार्य गरेको ।

डोटी जिल्ला, दिपायल सिलगढी नगरपालिका वडा नं. ४, ५ र ६ मा पहिरो तथा अविरल बर्षाका कारण स्थानीयवासीहरुको घर भत्किएको हुँदा पुरिएका घरहरुमा रहेका खाद्यान्न, लता कपडालगायत अन्य सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको ।

सुनसरी जिल्ला, ईटहरी उपमहानगरपालिका, तरहरा, पानीपिया इलाकामा बस्ती डुवानमा परि स्थानीय व्यक्ति फसेको हुँदा फसेका ५ जना व्यक्तिहरुको सकुशल उद्दार गरि सुरक्षित स्थानमा लगेको ।

मोरङ्ग जिल्ला, विराटनगर-५ हिरियाटोल डुवानमा परेको हुँदा करिब ५० जनाको उद्दार गरी सुरक्षित स्थानमा लगेको । पाँचथर जिल्ला, फिदिम नगरपालिका ४, जोरसाल इलाकामा पहिरोका कारण १ घर पुरिदा मृत्यु भएका २ जना मृतकको शव निकाल्न सहयोग गरेको । धनकुटा जिल्ला, चौविसे गाँउपालिका वडा नं.१ मा पहिरोका कारण १ घर पुरीदा ४ जना बेपत्ता भएको हुँदा बेपत्ता ३ जनाको सकुसल उद्दार गरी बाँकी १ जनाको खोजी कार्य   गरिरहेको ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।