२०८३ असोज ५ गते सोमवार

मित्रराष्ट्र भारतको राष्ट्रिय रक्षा कोर्सको भ्रमणदलद्वारा जंगी अड्‍डा भ्रमण

तुलसीपुर २ कार्तिक ।नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको राष्ट्रिय रक्षा कोर्सको भ्रमणदलले आज नेपाली सेनाकाे जंगी अड्‍डामा भ्रमण गरेको छ ।जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रतिनिधिमण्डलको प्रमुख, रियर एडमिरल धीरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको शुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । आजै एक फरक कार्यक्रममा भ्रमणदलमा सहभागी संकाय सदस्य तथा तालिमरत शिक्षार्थीहरुका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त भ्रमणदलले आजै माननीय रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीज्युहरुसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भएको उक्त भ्रमणदल र्तिक ०६ गते भारत फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।